Incident Reports

हुलाकबाट महिला हत्याको उजुरी l

2014-08-09

Madhes, Saptari, Rajbiraj

Manohar Kumar Pokharel सप्तरी । ०७१ साउन २४ गते स्रि्राहा सिङ्ग्यौन गाविस-६ की ४८ वर्षीया उर्मिलादेवी मण्डलको हत्यामा संलग्न आरोपितहरूलाई कारबाही गर्न माग गर्दै शम्भुनाथ नपा-१० रामपुर जमुवाका ३५ वर्षीय गोविन्द मण्डलले हुलाकमार्फ साउन २३ गते उजुरी दिएका छन् । प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेको भन्दै पीडितका भिनाजुका भाइ मण्डलले राजविराजस्थित हुलाकमार्फत जिल्ला प्रहरी कार्यालयलाई साउन २३ गते उजुरी दिएको बताए । धारिलो हतियारले घाँटी काटी अलग गरिएको र हात, खुट्टा काटिएको अवस्थामा पीडितको लाश बेल्ही चपेना गाविस-९ पिप्रास्थित कोशी पम्प नहरको किनारमा साउन १२ गते फेला परेको थियो । लाशको राजविराज नपा-३ स्थित अञ्चल अस्पतालमा साउन १२ गते पोष्टमार्टम भएको थियो । मृतकका पति वासुदेव मण्डलको ०७० माघमा मृत्यु भइसकेको छ । वासुदेवकी जेठी पत्नीतर्फ४ छोरी र मृतकतर्फ१ छोरी रहेका छन् । पतिको अंश दुई पत्नीलाई वा छोरीहरुलाई समेत वण्डा गर्ने विषयमा विवाद चलिरहेको थियो । सोही विवादका सम्बन्धमा पत्थरगाढा गाविसस्थित प्रहरी सुरक्षा बेस क्याम्पमा साउन ११ गते भएको छलफलमा दुबै पक्षबीच चर्को विवाद भएको थियो । छलफल टुङ्गो नलागेपछि पीडित साउन ११ गते राति बेल्ही चपेना गाविस-४ स्थित छोरीज्वाइँ जितनारायण मण्डलको घर जाँदै गरेको बेला हत्या भएको थियो । प्रहरीले पीडितकी छोरी सुनीतादेवी मण्डलको उजुरीका आधारमा मुद्दा दर्ता भइसकेको बताए पनि अनुसन्धानका लागि हालसम्म कसैलाई गिरफ्तार गरेको छैन् । हुलाकमार्फत उजुरी पठाउने मण्डललगायतका आफन्तले भने पीडितकी छोरीसँग प्रहरीले मौखिक सोधपुछ गरेपनि लिखित उजुरी नलिएको दावी गरेको छ । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis