Incident Reports

बलात्कार गर्छु भनी धम्की दिनेविरुद्ध उजुरी

2014-08-06

Province 1, Khotang, Kepilasagadhi

DM Chamling Rai १८ वर्षीया युवतीलाई बलात्कारको धम्की दिएको भन्दै खार्तम्छा गाविस-३ का २० वर्षीय नवीन राईले सोही स्थानका २२ वर्षीय मोतिराज राई, २० वर्षीय अनिल राई तथा बाँसपानी गाविस-८ का २३ वर्षीय कृष्ण राई, ३० वर्षीय सौधन राई र २४ वर्षीय मोतिधन राईविरुद्ध जिल्ला प्रहरी कार्यालय दिक्तेलमा साउन २५ गते उजुरी दिएका छन् । साउन २१ गते आरोपितहरूले आफ्नो बहिनीलाई बलात्कार गर्ने धम्की दिएको विषयमा विवाद हुँदा आफूमाथि उक्त युवाहरूले बाटो छेकेर साउन २४ गते कुटपिट गरेको उजुरीमा उल्लेख छ । कुटपिटबाट अनुहार र शरीरको विभिन्न भागमा चोट लागेपछि साउन २५ गते जिल्ला अस्पताल दिक्तेलमा पीडितको घाउजाँच केशफारम गरिएको छ । आरोपितहरुले आफ्नो बहिनीमाथि जुनसुकैबेला पनि बलात्कार गर्न सक्ने भन्दै जीवनरक्षाका लागि उजुरी दिएको बताए । घटनाको विषयमा जानकारी आउनसाथ आरोपितहरूलाई गिरफ्तार गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी गोविन्दकुमार शाहले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis