Incident Reports

माथिल्लो त्रिशूली-१का कोरियन ठेकदारमाथि कुटपिट – Online Khabar

2021-11-21

५ मंसिर, काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा असन्तुष्ट स्थानीयले आक्रमण गरेका छन् । काम भइरहेको स्थानमा पुगेका स्थानीय युवाहरुको समूहले ठेकदार कम्पनीका प्रतिनिधिमाथि कुटपिट नै गरेका छन् ।

कुटपिटबाट दुई विदेशी प्राविधिक घाइते भएको आयोजनाका एक अधिकारीले जानकारी दिए । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसी स्थानीयलाई काम नदिएको र स्थानीय उत्पादन नलिएको भन्दै असन्तुष्ट समूहले आयोजनास्थलमा पुगेर झैझगडा गरेको बताए ।

‘धक्कामुक्की भएको भन्ने खबर आएपछि मैले प्रहरी परिचालनका लागि निर्देशन दिइसकेको छु,’ जैसीले भने,’आयोजनालाई हामी भरपर्दो सुरक्षा दिन्छौं ।’

चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङलगायतका संरचना निर्माण गरिरहेको छ । तर, आयोजनामा बारम्बार विवाद भएपछि यसबारे निर्माण कम्पनीले चिनियाँ तथा कोरियन दूतावास र गृहमन्त्रालयमा यसबारे जानकारी गराएका कम्पनीका एक अधिकारीले बताए ।

‘अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को लगानी भएकाले आयोजनामा ‘स्वतन्त्र पूर्व सूचित सहमति’ गराएका थियौं, तर यसकै कारण आयोजनामा बारम्बार अवरोध हुन थालेका छ,’ ती अधिकारीले भने,’दातृ निकाले स्थानीयलाई जे माग गरेपनि पुरा हुनुपर्छ भन्ने गलत सन्देश दिइएकाले समस्या बढ्दो छ ।’

पछिल्ला समयमा राजनीतिक दलहरुबीच बढेको दूरीका कारण विगतमा भएको सहमतिअनुसार अघि बढ्न कोही तयार नदेखिएकाले आयोजनालाई काम अघि बढाउन समस्या भएको ती अधिकारी बताउँछन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Unclear
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown
Total Injured 2
Female Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments

Related Reports