Incident Reports

मेला हेर्न गएका युवकको हत्या, ६ जना पक्राउ

2021-11-19

Karnali, Jajarkot, Bheri, Ward 3

जाजरकोट : मेला हेर्न गएका जाजरकोटमा एक युवकको हत्या भएको छ। भेरी नगरपालिका ३ स्याला निवासी १८ वर्षीय प्रकाशजंग शाहको हत्या भएको हो । पश्चिम रुकुम आठवीसकोट बाम्नीखेतमा लाग्ने मेला हेर्न गएका शाहको हत्या भएको हो ।

भेरी नगरपालिका १ रावतगाँउ तथा कोलचौरका केही युवाहरु र मृतक शाहसहितका साथीहरुसँग विवाद भएको थियो। विवाद बढ्दै जाँदा उनीहरु बीच गत मंसिर ३ गते मेलामै हात हालाहाल समेत भएको थियो ।

केही बेरपछि मिलापत्र गरेका उनीहरुबीच बेलुका पुनः झगडा भएको थियो । झगडा भएपछि अन्य साथीहरु भागेर ज्यान बचाउन सफल भएपनि प्रकाशको भने हत्या भएको थियो। उनी घर नफर्केपछि खोजी तलासी गर्दा तीन दिन पछि भेरी नगरपालिका १ कालेगाँउ नजिक भेरी नदीको खोचमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकको टाउकोमा गहिरो चोट लागेको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा मेलामा विवाद गर्ने मध्यका भेरी नगरपालिका १ कोलचौरका सर्जन खत्री, शिवराज परियार र सन्तोष परियारलाई पक्राउ गरेको छ । त्यस्तै भेरी नगरपालिका १ कालेगाँउका दिनेश केसी र कुशे २ घर भई भेरी १ रावतगाँउ बस्ने केशबहादुर बुढालाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबैलाई अदालतबाट म्याद थपाएर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले बताए ।

घटनाको प्रकृति, शवको पोष्र्टमार्टम रिपोर्ट र कलडिटेलका आधारमा अनुसन्धान अघि बढाइने डीएसपी थापाको भनाइ छ । घटनाबारे बुझ्नका लागि नियन्त्रणमा लिइएका अन्य ५ जनालाई सामान्य सोधपुछ पछि छोडिएको प्रहरीको भनाइ छ । मृतक प्रकाश स्थानीय त्रिभुवन मावि खलंगामा ११ कक्षामा अध्ययरत थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports