Incident Reports

सर्लाहीमा कांग्रेसका दुई पक्षीय कार्यकर्ताबीच झडप भएपछि गाेली चल्याे | Ujyaalo Online:: Nepal News, Nepali Samachaar

2021-11-28

Madhes, Sarlahi, Balara, Ward 9

सर्लाही । सर्लाही काँग्रेसको वडा अधिवेशनमा फेरी झडप भएको छ । झडपमा परी ९ जना घाइते भएका छन् घाइते मध्ये दुई जनाको अवस्था गम्भिर छ ।
सोमवार सर्लाहीको बलरा नगरपालिका वडा नं. ८ गडहिया डुमरियामा कांग्रेसको वडा अधिवेशनको क्रममा झडप हुँदा मतदान अधिकृत, प्रहरी निरीक्षक सुरेश ठाकुर, प्रहरी नायव निरीक्षक अरुण कुमार यादव, दुई जना प्रहरी हवल्दार र ३ जना प्रहरी जवान र १ जना स्थानिय गरी ९ जना घाइते भएको जिल्ला प्रहरी कर्यालय सर्लाहीले जनाएको छ ।
कांग्रेसकै एक समूहले विद्यालयमा र अर्का समुहले वडामा अधिवेशन गर्नुपर्ने माग गरेका थिए । आफूहरुसँग बहुमत रहेको भन्दै मतदान अधिकृत उमेशचन्द्र झालाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले अधिवेशन गराउन खोजेपछि झडप भएको हो । प्रहरीले मतदान अधिकृत झालाई उद्धार गरेर प्रहरी कार्यालयमा लान खोज्दा कांग्रेस कार्यकर्ताले ढुङ्गामुढा गरेका थिए । झडपलाई नियन्त्रणमा लिनका प्रहरीले सात राउन्ड अश्रुग्याँस समेत प्रहार गरेको प्रहरीले जनाएको छ ।
ढुङ्गामुढामा परेर मतदान अधिकृत झा र प्रहरी नायव निरीक्षक यादव गम्भिर गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए । गम्भिर घाइते मतदान अधिकृत झा र प्रहरी नायव निरीक्षक(सई) यादवको जिल्ला अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि बिरगंज रेफर गरिएको प्रहरी प्रवक्ता बुढाथोकीले बतााए ।
अधिकृत झाको टाउकोमा गम्भीर चोट लागेको छ भने सई यादवको हात भाचिएको छ । अन्य प्रहरीहरुलाई समान्य चोट लागेको प्रहरीले जनाएको छ । घाइते सबैजनाको सर्लाही अस्पताल मलंगवामा उपचार भइरहेको छ । स्थिति अहिले समान्य रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार साँझ मात्र बलरा नगरपालिका वडा नं. ९ अचलगडमा नेपाली कांग्रेसको वडा अधिवेशन स्थलमा कांग्रेसका दुई पक्षीय कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका थिए । सीताराम निमावि पुगेका नेपाली कांग्रेसका नेता तथा प्रदेश २ का महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह सहितको समूह र अर्को समूहबीच झडप भएको थियो । झडपमा मन्त्री सिंहको सुरक्षाका लागि खटिएका एक जना सुरक्षाकर्मी र अर्का एक कार्यकर्ता घाइते भएका हुन् । आइतवार र सोमवारका विवादका कारण बलराको वडा नं. ८ र ९ गरी २ वडाको अधिवेशन रोकिएको छ ।
११ वडा रहेको बलरामा अन्य ५ वडामा सहमति भईसकेको छ । यसअघि गत शनिबार सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा पनि दुई पक्षबीच विवाद हुँदा मन्त्री सिंहका अंगरक्षकले इतर पक्षका नेता बलिराम झा र विनोद खनालमाथि पेस्तोल ताकेको थियो । जसका कारण झडप नै हुन पुगेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 9
Youth Injured n/a
National/Online Media

0 Comments