Incident Reports

पतिको हतियार प्रहारबाट पत्नी घाइते l

2014-08-11

Province 1, Morang, Gramthan

Suk Dev Chaudhary मोरङ । ०७१ साउन २६ गते लखनतरी गाविस- २ की ३० वर्षीया दिलसरी ऋषिदेवलाई पतिले धारिलो हतियार प्रहार गरी साउन २५ गते घाइते बनाएका छन् । घाइते दिलसरीको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनका पति ३५ वर्षीय गुलाइ ऋषिदेवले मादक पदार्थ सेवन गरी घरायसी विवादलाई लिएर धारिलो हतियारले पत्नीको टाउकोमा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घटनामा संलग्न आरोपितलाई प्रहरीले साउन २६ गते गिरफ्तार गरी अनुसन्धान प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालयका एसपी विश्वराज पोखरेलले बताए । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis