Incident Reports

दाइ गर्न थुपारिएका धानमा अज्ञात समुहद्वारा आगजनी

2021-11-28

Madhes, Rautahat, Dewahhi Gonahi, Ward 7

रौतहट । दाइँ गर्नका लागि भण्डारण गरिएको धानकाे चाँगमा अज्ञात समुहले रौतहट जिल्लामा आगजनी गरेको छ ।जिल्लाको प्रेमपुर गोनाही गाउँको एक किसानले तीन विगहा जग्गामा लगाएको धान काटेर दाइँ गर्नका लागि भण्डारण गरिएको चाङमा अज्ञात समुहले आगजनी गरेको हो ।देवाही गोनाही नगरपालिका वडा नं.७ प्रेमपुर गोनाहीका किसान बुधाई राय यादवले ३ विगहा जग्गाको धानबाली कटान गरेर दाइँ गर्न चाङ लगाएको धानमा अज्ञात समुहले आईतवार मध्य रातमा अज्ञात समुँहले आगजनी गरे पछि धानको भारीहरू जलेर पूर्ण रूपमा नष्ट भएको छ ।

आगलागी भएको खबर पाउना साथ नजिकैको सुरक्षाकर्मी सहिँत गौरबाट आएको वारुण यन्त्रको मद्दतबाट आगोलाई नियन्त्रण गर्न सकिए पनि धानलाई जोगाउन नसकिएको इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी नायाव उपरीक्षक श्रीराम भण्डारीले बताए ।प्रारम्भीक अनुमानबाट करिब तीन लाख मूल्य बराबरको क्षेति भएको अनुमान प्रहरी गरेको छ ।उनले आगलागी गराउने अज्ञात समुहको बारेमा खोजी कार्य जारी रहेको तथा गहन अनुसन्धान भईरहेको डिएसपी भण्डारीले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people Unknown
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports