Incident Reports

अज्ञात समूहद्वारा गाविस कार्यालयमा आगजनी l

2014-08-11

Gandaki, Kaski, Pokhara Lekhnath

San Bahadur Thapa कास्की । ०७१ साउन २६ गते भरतपोखरी गाविस कार्यालयमा साउन २६ गते अज्ञात समूहले आगजनी गरी क्षति पुर्‍याएको छ । मनिलडाँडास्थित गाविसको कार्यालयमा बिहान साढे ९ बजे आगजनी गरिएपछि स्थानीयवासीको पहलमा आधाघण्टापछि आगो निभाइएको थियो । आगजनीबाट कार्यालयका कागजातहरू जलेको र टेवल, कुर्सी आंशिक क्षति पुगेको इलाका प्रहरी कार्यालय डाडाँकोनाँकका इन्स्पेक्टर गंगाबहादुर थापाले जानकारी दिए । उनले अज्ञात समूहले ढोका फोडी विहान साढे ९ बजे गरिएको आगजनीबाट केही कागजपत्र र टेवल कुर्सी क्षति पुगेको बताए । कार्यालयमा आगजनी गर्ने समूह र कारण बारे अनुसन्धान भइरहेको बताए । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis