Incident Reports

बालक हत्याको आरोपमा दुईजना पुर्पक्षका लागि थुनामा

2021-11-02

Madhes, Dhanusha, Ganeshman Charnath

१४ मंसिर, जनकपुरधाम । धनुषामा ४ वर्षीय भारतीय बालकको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ डिल टोल बस्ने मजिबुल मियाँ कवारीको छोरी मुस्कान खातुनको गत कात्तिक ९ गते भएको विवाहमा सहभागी हुन आएका भारतको बिहार राज्य अन्तर्गत मधुवनीको देउधा ग्राम पंचायत वडा नम्बर १४ बस्ने मोहम्मद अतावुल राईनकी पत्नी जुमैदा खातुन चार वर्षीय छोरा अरमान राईनका साथ आएकी थिइन् ।

बिवाहको भिडभाड रहेको अवस्थामा बालक अरमान आफ्नो आमालाई पछ्याउँदै गणेशमान चारनाथ नगरपालिका ११ स्थित हबिव मिया र नुरेजा खातुनको घरको बिचको सानो गल्लीमा आइपुगेका थिए । एक्लै रुदै बसेको अवस्थामा स्थानीय जाकिर मलङ्ग र नुरेजा खातुनले ललाई फकाई कोही कसैलाई जानकारी नदिई अपहरण गरेको पाइएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

घट्नाको अनुसन्धान शुरु गरेको प्रहरीले कात्तिक १६ गते जाकिर मलङ्ग र नुरेजा खातुनलाई पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला अदालत धनुषाले पुर्पक्षको लागी कारागार पठाउने आदेश दिएपछि सिन्धुली कारागार पठाइएको प्रहरी प्रबक्ता बस्नेतले बताए ।

छोरीको विवाह गर्ने मजिबुल मियाँ र बालकको हत्या गर्ने व्यक्तिबीच पुरानो विवादको निहुँमा दुबै मिलेर बालकलाई मारेको देखिएको बस्नेतले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports