Incident Reports

सोलुखुम्बुका उज्यालो सहकर्मी दर्नालमाथि कांग्रेस कार्यकर्ताद्वारा हातपात | Ujyaalo Online:: Nepal News, Nepali Samachaar

2021-11-30

सोलुखुम्बु – सोलुखुम्बुको सल्लेरीमा रिपोटिङका लागि खटिएका उज्यालो सहकर्मी सुबास दर्नाल सहितका सञ्चारकर्मीमाथि गएराति नेपाली कांग्रेसका कार्यकर्ताले हातपात गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको सभापतिका लागि भएको निर्वाचन अन्तर्गत मतगणनाको स्थलगत रिपोर्टिङमा खटिएका दर्नाल र रमन वनमाथि हातपात भएको हो । आक्रमण गर्नेहरुमा नेविसंघका जिल्ला उपाध्यक्ष जिवन बस्नेत, तरुणदल सचिव शेखर बस्नेत, क्षेत्रीय प्रतिनिधि प्रदिप बस्नेत, नेविसंघ माप्यदुधकोशी अध्यक्ष विभुषण राई लगायतका कार्यकर्ता रहेका छन् । आक्रमणबाट रिपोर्टिङमा प्रयोग गरिएको माइक, रेकर्डर सहितका सामग्रीमा क्षति पुगेको छ । समाचार संकलनको क्रममा खटिएका सञ्चारकर्मीमाथि प्रहरीकै अगाडि हातपात हुँदा पनि प्रहरीले केही नगरेको पीडित पत्रकारको गुनासो छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Attack on Journalist
Weapons Unclear
Primary Cause Freedom of Expression
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments