Incident Reports

घरेलु हिंसा गरेको भन्दै बाबु र दाजु विरुद्ध मुद्दा दर्ता l

2014-08-12

Province 1, Sunsari, Dewanganj

Shekhar Dhakal राजगञ्ज सिनवरी गाविस -४ की १८ वर्षीया किरणकुमारी मेहताले साउन २७ गते ६५ वर्षीय बाबु मोहन यादव, दाजुहरू ३५ वर्षीय बाबुनन्दन यादव र २९ वर्षीय भुवनेश्वर यादवले घरेलु हिंसा गरेको भन्दै जिल्ला अदालतल सुनसरीमा मुद्दा दर्ता गराएकी छन् । बाबु र दाजुहरूले पटक-पटक मानसिक यातना दिएको र खानलाउन समेत नदिएको भन्दै किरणले जिल्ला अदालत सुनसरीमा मुद्दा हालेकी हुन् । अविवाहित उनले घरमा बाबु र दाजुहरूले हेला गर्ने कुटपिट गर्ने र मानसिक यातना दिने गरेकाले न्याय पाउँ भन्दै उजुरी दर्ता गरेको अदालतका नासु बेनु सुवेदीले बताए । उनले बाबु र दाजु विरुद्ध घरेलु हिंसाको मुद्दा हालेको यो नौलो घटना भएको जनाए । शेखर ढकाल

0 Comments

Related Reports
Related Trend Analysis