Incident Reports

लुट्ने योजनामा बाफलमा ७५ वर्षीय पुरुषको हत्या | Ratopati

2021-10-18

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको बाफलमा जलेको अवस्थामा फेला परेको शवको सनाखत गरेर आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । बाफलस्थित केशव पाण्डेको घरमा भेटिएको शव काभ्रेको मेच्छे घर भएका हर्कबहादुर बानियाँको पुष्टि भएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । कार्तिक ७ मा जलेको अवस्थामा शव भेटिएको थियो ।  रहस्यमय मानिएको सो घटना महानगरीय अपराध महाशाखाका डिएसपी कृष्णकुमार चन्द नेतृत्वको टोलीले अनुसन्धान गरेर आरोपीलाई पक्राउ गरेको छ । नैकाप घर भएका र बाफल क्षेत्रमा हिँड्ने ३३ वर्षीय सुशील शर्मालाई पक्राउ गरिएको एसएसपी खापुङले बताए । मोबाइल नबोक्ने र पहिचान खुल्ने कागजात, कपडासहित जलेको अवस्थामा फेला परेका हर्कबहादुरको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । तर, १० दिन अनुसन्धान गरेर वृद्धभत्ता लिनका लागि खोलिएको बैंक खाताको औंठाछाप र उनले लगाएको कपडाको स्केचको आधारमा प्रहरीले शव पहिचान गरेको छ ।

७५ वर्षका हर्कबहादुर बानियाँ बाफल क्षेत्रमा मागेर खान्थे । कार्तिक १ मा विदेशबाट फर्केका भतिजाले हर्कबहादुरलाई बाफलमा भेटेका थिए । भतिजले ‘किन यसरी बस्नुहुन्छ घर जाउँ’ भनेर रमाइला कुरा गरेर भिडियो पनि खिचे । र्हकबहादुरका भतिजसँग त्यसदिन सुशीलको पनि भेट भएको थियो । भिडियो खिचेको र कुरा गरेको शर्माले नजिकबाट नियालिरहेका थिए । हर्कबहादुरका भतिज विदेशबाट फर्केको थाहा पाएपछि आरोपीलाई लाग्यो– ‘काकालाई उनले टन्नै पैसा दिएर गएका छन् ।’ त्यसपछि सुशीलले हत्या गर्ने योजना बनाए । सुशीललाई बाफल क्षेत्रमा ‘जुम्रे’ भनेर बोलाउँथे । हर्कबहादुरलाई गाईबाख्रा चोकस्थित आफु सुत्ने गरेको खण्डघर घरमा लिएर गए । मदिरा खुवाए र सुतेको बेलामा पैसा लुट्ने योजना बनाए ।

मध्यरातमा र्हकबहादुरको गोजीमा हात लम्काए । खल्तीबाट ५० रुपैयाँको नोट निकालेपछि बानियाँले थाहा पाए । त्यसपछि उनिहरुको बीचमा झगडा भयो । बानियाँले गाली गर्न थालेपछि धकेलेर उनको टाउको भित्तामा ठोक्काएको सुशीलले प्रहरीसँग बताएका छन् ।

‘भित्तामा टाउको ठोक्काएर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ’ महाशाखाका एसएसपी खापुङले भने–‘अनि, तन्ना र अरु कपडासहित जलाएको आरोपीले स्वीकारेका छन् ।’ सुशीलको कपाल र जुत्तामा आगोले सामान्य डढेको देखेर अनुसन्धान अधिकृतहरुले उनलाई शंकाको घेरामा राखेका थिए । शुरुमा उनले ताप्दा जलेको बयान दिए । महानगरीय प्रहरी वृत्तको थुनामा राखेर थप अनुसन्धान गर्दै जाँदा सुशीलले नै हत्या स्वीकार गरेका छन् ।

बृद्दभत्ता लिने खाता खोज्दा...

घटनापछि बानियाँ सो क्षेत्रमा देखिन छाडेको सुरका प्रहरीलाई थियो । अनुसन्धान अधिकृतहरुले मृतकले लगाउने ट्रयाकसुटको स्केच तयार गरेका थिए । पोष्टमार्टम गर्दाको उनको शरीरको उचाई र स्केचसँग मिल्दोजुल्दो थियो ।

त्यसपछि प्रहरीलाई अर्को सुराक आयो– ‘माग्दै हिँड्ने पुरुष वृद्धभत्ता लिन्थे ।’ वृद्धभत्ता लिएर उनकी पत्नी बाफलमा जान्थिन् ।

प्रहरीले राष्ट्रिय पञ्जिकाधिकारीको कार्यालयको रेकर्डबाट पनि पहिचान खुलाउने प्रयास गरेको थियो । ‘जयबहादुर’ भनेर बोलाउने तर, हर्कबहादुर नाम भएका पुरुष र काभ्रे घर भएको खुलेपछि प्रहरीले अनुसन्धानलाई काभ्रेतर्फ केन्द्रित गरेको थियो ।

‘सिटिजन्स बैंकको काभ्रे शाखाबाट बृद्धभत्ता लिने गरेको खुलेपछि हामिले शवको औंठाछाप लिएर बैंकमा भएको औंठाछापसँग प्रमाणीकरण गरायौँ’ अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन्–‘त्यसपछि बाफलमा भिडियो खिचेका भतिजलाई सम्पर्कमा ल्याएर पहिचान खुलायौं ।’

भतिजाले खिचेको भिडियोमा देखिएको कपडा, स्केच र घटनास्थलमा फेला परेको कपडाको आधारमा प्रहरीले शव पहिचान गरेको थियो । ‘भिडियो हेरेर कपडाको सनाखत भयो’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले रातोपाटीलाई बताए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports