Incident Reports

वाइसिल इन्चार्जमाथि अपरिचित व्यक्तिद्वारा आक्रमण – इन्सेक

2021-12-02

Karnali, Jumla, Sinja, Ward 2

नेकपा माओवादीको जनवर्गीय सङ्गठन वाइसियलका कनका सुन्दरी गाउँपालिकाका इन्चार्जमाथि मङ्सिर १५ गते साँझ आक्रमण भएको छ । कनकासुन्दरी गाउँपालिका–५ का ३५ वर्षीय मानसिंह वडमाथि सिंजा गाउँपालिका–२ घोडेङ्गा गाउँ नजिकै मोटरसाइकलमा आएका चार जना अपरिचित व्यक्तिले आक्रमण गरेको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य पूर्णप्रसाद धितालले इन्सेक प्रतिनिधिलाई बताउनुभयो । रड र नकले प्रहार गर्दा टाउको र ढाडमा चोट लागेका घाइते वडको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको डाक्टर रमेश भट्टराईले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर यूवन चौधरीले घटनाका आरोपितको खोजि तथा अनुसन्धान गरिरहेको बताउनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports