Incident Reports

सौतेनी छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा महिला पक्राउ :: सेतोपाटी संवाददाता :: Setopati

2021-12-03

Sudurpashchim, Kailali, Dhangadhi

कैलालीमा सौताका छोरालाई विषादी खुवाइ हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। प्रहरीले हत्या आरोपमा बाजुरा घर भई धनगढी उप-महानगरपालिका वडा नम्बर २ मालिका टोलस्थित एक घरमा डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकायालाई पक्राउ गरेको हो। उनीमाथि सौता निर्मला थापा मगरका छोरा हिमालय एकेडमीमा कक्षा ३ मा पढ्ने १० वर्षीय निशान्त थापा मगरको हत्या गरेको आरोप छ। श्रीमान ३५ वर्षीय बहादुर रोकाया भने भारतमा थिए। उनले गत मंसिर २ गते भारतबाट आफन्तलाई फोन गरी आफ्नी श्रीमती मागी सम्पर्कमा नआएकोले बुझिदिन भनेको प्रहरीले जनाएको छ। आफन्त डेरा कोठामा पुग्दा निशान्त मृत फेला परेका थिए। तर मागी भने फरार भइसकेकी थिइन्। अनुसन्धानको क्रममा मागी भारतको हरियाणामा रहेको थाहा भएपछि प्रहरीले उनलाई बिहीबार भारतबाट पक्राउ गरी कैलाली ल्याए जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शुक्रबार कार्यालयले पत्रकार सम्मेलन गरी घटनाको जानकारी दिएको हो। मागीका श्रीमान बहादुर भारतमै तीन वर्षदेखि निशान्तकी आमा निर्मलासँग बस्दै आएका थिए। यता मागी रोकाया १४ वर्षीया छोरी र ८ वर्षीय छोरालाई पढाउन घनगढीमा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बहादुर रोकायाले निर्मलालाई विवाह गरिसकेपछि छोरा निशान्तलाई पढाउन धनगढीस्थित हिमालय एकेडमीमा बोर्डस राखेका थिए। तर करिब २ वर्षदेखि निशान्त मागीसँग बस्थे। घटना हुनुअघि मागी र बहादुरबीच विवाद भएको थियो। त्यसैको रिसले उनले कात्तिक २९ गते निशान्तलाई विषादी खुवाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको कार्यालयले जनाएको छ।

विषादी खुवाएपछि छोरा र छोरीलाई लिएर उनी भारत भागेकी थिइन्। प्रहरीले कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतबाट म्याद थप थरी अनुसन्धान अघि बढाएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments