Incident Reports

रडले हानेर श्रीमान्‌को हत्या – देशसञ्चार

2021-12-04

Lumbini, Banke, Kohalpur, Ward 7

नेपालगञ्ज– बाँकेमा रडले प्रहार गरेर श्रीमतीले श्रीमान्‌को हत्या गरेकी छन्। इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रविन्द्र खनालका अनुसार कोहलपुर नगरपालिका वडा नं. ७ रजगडवाकी २५ वर्षीया ओरबी हरिजनले ३० वर्षीय श्रीमान् लक्ष्मण हरिजनको हत्या गरेकी हुन्। प्रहरीका अनुसार श्रीमान् र श्रीमतीको सधैँ झगडा भइरहन्थ्यो। शनिबार राति पनि श्रीमान् मदिरा पिएर आए। श्रीमतीसँग झगडा भयो। झगडा लामो समयसम्म चल्यो। राती दुई बजेतिर श्रीमतीले श्रीमान्‌को टाउकोमा रडले प्रहार गरेको खनालले बताए। घटनापछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। ओरबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनका दुई सन्तान छन्। अहिले ओरबी र उनका सन्तानलाई इलाका प्रहरी कार्यालय, कोहलपुरमा राखिएको छ। डीएसपी खनालले आफन्तहरु बोलाएर बच्चाको जिम्मा लगाउने बताए। ‘आफन्तलाई बोलाएर बच्चाको रेखदेख गर्न भन्छौँ। कोही तयार भएनन् भने संघ संस्थाको जिम्मा लगाउनु पर्ला,’ डीएसपी खनालले भने।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Totally damaged Vehicles 00
National/Online Media

0 Comments

Related Reports