Incident Reports

बोक्सी आरोपमा कुटपिट गर्ने विरुद्ध उजुरी दर्ताl

2014-08-12

Lumbini, Banke, Baijanath

Binod Pandey नौवस्ता गाविस-७ सुतैयाकी ३२ वर्षीया चन्द्राकुमारी बिकलाई कथित बोक्सीको आरोपमा कुटपिट गर्ने सोही ठाउँका तीन जना महिलाविरुद्ध पीडितका पति ३८ वर्षीय बिरेन्द्र विकले इलाका प्रहरी कार्यालय कोहलपुरमा साउन २६ गते उजुरी दर्ता गराएका छन् । पीडित पक्षले दिएको उजुरीमा साउन २२ गते आरोपितहरूले कुखुराको चल्लाको खुट्टा भाँचेको, पहिला आफ्नो नातीलाई बोक्सी लगाएर बिरामी पारेको, कुटपिट गर्दासमेत बोक्सीले नछाडेको भन्दै दाउरा र लाठीले कुटपिट गरेको उल्लेख गरेको छ । तीन पटक इलाका प्रहरी कार्यालय र एकपटक जिल्ला प्रहरी कार्यालयमा समेत मिलापत्र भएकोमा साउन २२ गते पाँचौ पटक मार्ने नियतले कुटपिट गरेको हुँदा ज्यान मार्ने उद्योगमा मुलुकी ऐन ज्यान सम्बन्धी महल बमोजिम र बोक्सीको आरोप लगाएको हुँदा आरोपितहरूलाई कानून बमोजिम सजाय तथा कैद र उपचार्रखर्च समेत भराई पाउँ भनी उजुरीमा उल्लेख छ । साउन २२ गते छिमेकी ५६ वर्षीया तारा कामी, २८ वर्षीया शशी कामी र २२ वर्षीया लक्ष्मीकुमारी बिकलेे बोक्सी आरोपमा कुटपिट गरेको पीडितले बताइन् । इलाका प्रहरी कार्यालयले ज्यान मार्ने उद्योग अर्न्तगत मुद्दा दर्ता गरी साउन २६ गते अरोपितहरूको म्याद थप गरी अनुसन्धान थालेको जानकारी दियो । पीडितको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । आरोपित तारा कामी र शशीले आफुहरूले कुटपिट गरेको भए पनि बोक्सी भनेर कुटपिट गरेको झुटो आरोप लगाएको बताइन् । 'आफुहरू इशाइ धर्म मान्ने भएकाले बोक्सी आरोप लगाए पनि छिमेकीसँग किन विवाद गर्ने, मिलेर बस्नु पर्छ भन्ने मनसाय भएकोले मिलापत्र गरेकोमा यस पटक त अति नै भयो, अरुले नछुटाएको भए मार्ने रहेछन् ' पीडितका पति बिरेन्द्रले भने । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis