Incident Reports

बलात्कारको आरोपमा एक किशोर गिरफ्तार l

2014-08-13

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

Nati Babu Dhital एक बालिकालाई बलात्कार गरेको आरोपमा साउन २६ गते दिउँसो इर्खु गाविस-७ का १६ वर्षीय एक किशोरलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले १२ वर्षीया एक बालिकालाई साउन २४ गते घरमा कोही नभएको बेलामा घाँस काट्न बारीमा गएका बेला ती किशोरले बलात्कार गरेको आरोप छ । पीडितले साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराइन् । पीडितको सोही दिन चौतारा अस्पतालमा स्वास्थ्य परीक्षण भयो । पीडितलाई हाल पुनर्स्थापना केन्द्रमा राखिएको प्रहरीले जनाएको छ । 'बुबा विदेश र आमा जुरेको पहिरो हेर्न गएका बेला घरमा एक्लै भएपछि घाँस काट्न बारीमा गएको बेला जबर्जस्ती बारीको कुनामा लडाएर बलात्कार गरेको हो ।' घटना बिवरण सुनाउँदै पीडित बालिकाले भनिन् । घटनापछि पीडितले साउन २४ गते बेलुका आफ्नी दिदीलाई घटना बारे बताएपछि घटना बाहिर आएको हो । पीडितपक्षले साउन २५ गते बलेफी प्रहरी चौकीमा उजुरी दिन गएका थिए । बलेफी चौकीका प्रहरीले सदरमुकाम जान भनेपछि २६ गते चौतारा आएको पीडित पक्षले बताए । आरोपित श्रेष्ठलाई प्रहरीले अनुसन्धानको लागि हिरासतमा राखेको जनाएको छ । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis