Incident Reports

साझा उम्मेदवार तय गर्न दबाव दिँदै चाक्सीबारीमा प्रदर्शन – Online Khabar

2021-12-07

Bagmati, Kathmandu, Kathmandu

२१ मंसिर, काठमाडौं । १४ औं महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्न रामचन्द्र पौडल समूहलाई कार्यकर्ताले दबाब दिएका छन् ।मंगलबार सभापतिको साझा उम्मेदवार तय गर्न वरिष्ठ नेता पौडेल, महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफलमा जुटेका छन् ।

नेताहरु छलफलमा रहेका बेला महाधिवेशन प्रतिनिधिको एक समूहले सभापतिको साझा उम्मेदवार चयन गर्न दबाब दिँदै नेता सिंहको निवासमा प्रदर्शन गरेका हुन् ।उनीहरुले साझा उम्मेदवारको विकल्प छैन, एकतामात्रै जितको आधार हो, नेताहरु मिल्नुस् कांग्रेस जोगाउनुस्, अहिले नमिले कहिले मिल्ने आदि लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments