Incident Reports

हत्या अभियोगमा ४ जना पक्राउ- वाग्मती - कान्तिपुर समाचार

2021-12-06

Bagmati, Nuwakot, Panchakanya, Ward 3

काठमाडौँ — नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ राहुटारका सुमन थापाको हत्यामा संलग्न रहेको अभियोगमा मंगलबार राति चारजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्नेहरूलाई सार्वजानिक भने गरेको छैन । पक्राउ गरेसँगै थापाको शव परीक्षण (मोस्टमार्टम)का लागि त्रिशूली अस्पतलामा ल्याइएको छ । बा २ ख ६५८७ नम्बरको बसमा सहचालकका रूपमा कार्यरत २० वर्षीय थापाको सोमबार राति नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुमा शव भेट्टिएको थियो । हत्यामा संलग्न व्यक्तिको पक्राउ माग गर्दै पीडित परिवारले मङ्गलबार दिनभर उक्त क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए । पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनका अनुसार उनी कार्यरत बसमा रगत लत्पतिएको छ भने त्यसभन्दा करिब ४०० मिटर टाढाको दूरीमा शव पाइएको थियो । उक्त बसका चालकसहित चारजनालाई प्रहरीले पक्राउ गरेर कारबाहीका लागि अनुसन्धान सुरु गरेसँगै पीडित परिवारले विरोधका कार्यक्रम स्थगन गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports