Incident Reports

परपुरुषसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीसहित २ जना पक्राउ

2021-12-06

Bagmati, Sindhupalchok, Jugal, Ward 3

काठमाडौं- परपुरुषसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

मङ्सिर २० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ गुम्बानजिक सोही ठाउँका ३९ वर्षीय छेवाङ लामा मृत फेला परेका थिए। शंकास्पद रुपमा लामा मृत फेला परेपछि अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले लामाको हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको खुलेको थियो।

लामाको हत्यामा उनकी श्रीमती २८ वर्षीया नीमा साङ्‍मो तामाङ रहेको खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। उनीसँगै हत्यामा जुगल-३ का ३६ वर्षीय कान्छलाल लामाको संलग्नता रहेको खुलेपछि उनलाई पनि पक्राउ गरिएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता डीएसपी दक्ष बस्नेतले बताए।

नीमा र कान्छलालबीच अनैतिक सम्बन्ध रहेको र उक्त कुरा नीमाको श्रीमानले थाहा पाएपछि श्रीमान-श्रीमतीबीच खटपट भएको बताइएको छ। सोही कारण श्रीमती नीमा र कान्छलाल मिलेर छेवाङको हत्या गरेको खुलेको डीएसपी बस्नेतले बताए।

उनीहरु दुई जना मिलेर छेवाङलाई ढुङ्‍गा प्रहार गरी हत्या गरेको प्रहरीले दाबी गरेको छ। पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यानको कसूरमा सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports