Incident Reports

अदालतद्वारा आरोपित बालक आमाको जिम्मामा रिहा l

2014-08-14

Kokila Dhakal इलाम । ०७१ साउन २८ गते एक अढाई वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका १४ वर्षीय एक बालकलाई जिल्ला अदालत इलामले साउन २७ गते आमाको जिम्मा लगाउन आदेश दिएको छ । आरोपित बालकले असार २६ गते बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असार ३० गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको बालमैत्री कक्षमा अनुसन्धानका लागि राखेको थियो । कानुन अनुसार १८ वर्षभन्दा मुनिका बालबालिकालाई थुनामा राख्न नमिल्ने भएपछि अदालतले पुर्पक्षकालागि थुनामा पठाउनुपर्ने भए पनि बालक भएकै कारण आमाको जिम्मामा पठाएको डीएसपी अनुपम शम्सेर जबराले बताए। कोकिला ढकाल

0 Comments