Incident Reports

भिनाजुको हत्या आरोपमा सालो पक्राउ :: सेतोपाटी संवाददाता :: Setopati

2021-12-15

Province 1, Sunsari, Itahari, Ward 4

सुनसरीमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ।ईटहरी उप-महानगरपालिका वडा नम्बर ४ मा भिनाजुमाथि छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले सालोलाई पक्राउ गरेको छ।मृत्यु हुनेमा ५१ वर्षीय श्री मुरारी गिरी छन्। उनीमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले सालो पर्ने १९ वर्षीय अर्जुन राईलाई पक्राउ गरेको प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।

सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार राई मानसिक रूपमा अस्वस्थ थिए। उपचारको लागि राईलाई गिरीकै घरमा राखिएको थियो।मंगलबार साढे ४ बजे सालो राईले अचानक गिरीको छातीमा छुरा प्रहार गरेको कार्कीले बताए।घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृत्यु भएको थियो।राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports