Incident Reports

कुटपिट गरेको आरोपमा पति विरुद्ध उजुरी l

2014-08-14

Province 1, Morang, Kanepokhari

Sukdev Chaudhary मोरङ । ०७१ साउन २८ गते सिसवनी जहदा गाविस-७ की ३५ वषर्ीया उमादेवी सिंहले पतिले घरायसी विवादको विषयमा कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिएको आरोपमा साउन २८ गते कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पति ४० वर्षीय प्रकाश सिंहले मादक पदार्थ सेवन गरेर विभिन्न घरायसी विवाद निकाल्दै साउन १९ गते कुटपिट गरेको पीडितले बताइन् । पीडितले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयअर्न्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रले घरेलु हिंसा मुद्दामा दर्ता गरेको प्रहरीले जनायो । आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थितिका लागि पत्राचार गरेको असई भगवती न्यौपानेले जानकारी दिइन्। सुकदेव चौधरी

0 Comments

Related Reports
Related Trend Analysis