Incident Reports

तीन वटा टिपर तोडफोड

2021-12-16

Province 1, Morang, Miklajung

मोरङको मिक्लाजुङमा बिहीबार साँझ निर्माण सामग्री ओसारपसारमा प्रयोग गरिँदै आएका ३ वटा टिपर तोडफोड भएको छ। तोडफोडबाट प्रदेश ३–००१ क ००९०, प्रदेश ३–००१ क ००९१ र प्रदेश ३–००१ क ०२९० नम्बरको टिपरमा क्षति पुगेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार मिक्लालुङ गाउँपालिका–९ मा बिहीबार साँझमा तोडफोड गरिँदा टिपरको अगाडिको सिसा फुटेका छन्। मोतीदान कन्सट्रक्सन सेवा प्रालिका ३ वटा टिपर मदन भण्डारी लोकमार्ग निर्माणमा प्रयोग गरिएका थिए। लोकमार्गअन्तर्गत झापाको बेलडाँगीदेखि धरानको सर्दु खण्ड निर्माणमा प्रयोग भइरहेका टिपरमा तोडफोड गरिएको मोरङ प्रहरीले जनाएको छ। सबै टिपर मिक्लाजुङ–९ का २६ वर्षीय धुम्बे भनिने शिवराज मगरले एक्लै तोडफोड गरेको पाइएको डिएसपी श्रेष्ठले बताए। उनका अनुसार सडकमा गुडिरहेका टिपरलाई बाटो छेकेर पालैपालो ढुंगाले प्रहार गरेर क्षति पु¥याएपछि मगर फरार भएका छन्। तोडफोड गरेर भागेका उनको खोजी तीव्र पारिएको डिएसपी श्रेष्ठले बताए।लोकमार्ग निर्माणमा प्रयोग गरिएका टिपर तोडफोड गरिनुको कारण खुल्न सकेको छैन। एक्लै तोडफोडमा उत्रिएका मगरले घटनाका बेला मादक पदार्थ सेवन गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ। कन्सट्रक्सनका डाइरेक्टर विकास गौतमका अनुसार सडक निर्माणमा आवश्यक परेको निर्माण सामग्री लिनलाई जाँदै गरेका बेला टिपरलाई बाटोमै रोकेर तोडफोड गरिएको हो। उनका अनुसार ढुंगाले हानिए पनि गुडिरहेको टिपरभित्र रहेका चालकलाई केही नभएकाने बताए। घटनामा संलग्नलाई कारबाहीको माग राखेर प्रहरीमा उजुरी दिइसकिएको गौतमले बताए। तोडफोडबाट क्षति पुगेका ३ वटै टिपर इलाका प्रहरी कार्यालय मधुमल्लामा राखिएको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown
Totally damaged Vehicles 3
National/Online Media

0 Comments

Related Reports