Incident Reports

कास्कीमा हत्या आरोपमा एक व्यक्ति पक्राउ

2021-12-17

Gandaki, Kaski, Annapurna, Ward 10

कास्कीमा हत्या आरोपमा एक ब्यक्ति पक्राउ गरेका छन् । मादक पदार्थ सेवन गरी आफ्नै साथीको हत्या गरेको आरोपमा कास्कीको घान्द्रुक बस्ने बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका–९ कुवापानी घर भएका ३६ वर्षीय अर्जुन विकलाई प्रहरीले पक्राउ गरेको हो । विकले बाग्लुङ नगरपालिका–६ लहरे पिपल घर भइ घान्द्रुकमा भिक्षा माग्दै हिंड्ने ५७ वर्षीय शिव परियारको हत्या गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । तिवारीका अनुसार गत शुक्रवार कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकस्थित चिहान घाटमा परियारको शव फेला परेको थियो । घटनापछि अनुसन्धानका लागि घान्द्रुक पुगेको प्रहरी अधिकृत सहितको टोलीले हत्या गरेको अभियोगमा मृतक परियारसँगै हिँड्ने अर्जुन विकलाई पक्राउ गरेको हो ।मादक पदार्थ सेवन गरेपछि भएको आपसी विवादमा बिकले परियारको हत्या गरेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports