Incident Reports

शिक्षा इकाई प्रमुख देवकोटामाथि दुर्व्यवहार

2021-12-20

जुम्ला घर भइ शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कालिकोटका प्रमुख ४८ वर्षीय महेशदत्त देवकोटालाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपा युवा सङ्गठन कालिकोटका अध्यक्ष महेश विकको नेतृत्वमा आएको टोलिले दुर्व्यवहार गरेको छ । आफ्नै कार्यकक्षमा बसिरहेको अवस्थामा प्रमुख देवकोटालाई शिक्षक सरूवा तथा बढुवामा घुस खाएको, एकलौटी र मनपरी गरेको लगायतका आरोप लगाउँदै मङ्सिर २९ गते कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार गरेको पीडित देवकोटाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो । पटक पटकका गलत हर्कतलाइ सम्झाउँदा पनि अझै अटेरी गरेको हुनाले युवा सङ्गठनले कारबाही गरेको बिप्लव नेतृत्वको नेकपा जिल्ला सेक्रेटरी मनिलाल एडिले प्रतिक्रिया दिनुभयो । चार लाख चन्दा मागेकोमा आफूले दिन नसकेका कारण विप्लवका कार्यकर्ताले दुर्व्यवहार गरेको भन्दै पीडित देवकोटाले मङ्सिर २९ गते जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराध सम्बन्धि उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सिद्धराज न्यौपानेले बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाई कालिकोटका प्रमुख देवकोटामाथि गरिएको दुर्व्यवहार घटनाको विभिन्न संघ सङ्गठनले संयुक्त विज्ञप्तिमार्फत निन्दा गरेका छन । राष्ट्रसेवक कर्मचारीमाथ झुटो आरोप लगाएर हातपात सहित दुर्व्यवहार गर्नेलाई तत्काल कानुनी कार्वाहीको माग गर्दै आधिकारी ट्रेड युनियन, नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्टिय कर्मचारी सङ्गठन र स्थानिय कर्मचारी सङ्गठनका नेताहरूले संयुक्त विज्ञप्ति जारीगर्दै निन्दा गरेका हुन । आरोपितहरूको खोजी भइरहेको प्रहरीले जनायो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments