Incident Reports

२१ महिने बालिकाको हत्या आरोपमा फुपू-फुपाजु पक्राउ

2021-12-12

Province 1, Morang, Rangeli, Ward 2

२१ महिने बालिकाको हत्या आरोपमा मोरङ प्रहरीले दम्पतीलाई पक्राउ गरेको छ। मोरङको रंगेली नगरपालिका-२ की २१ महिने बालिकालाई हत्या गरेको र खाडल खनेर पुरेको आरोपमा सोही ठाउँका सैनी उरावँ र उनकी पत्नी संगीता पक्राउ परेका हुन्। स्थानीय चन्द्र उराँवकी २१ महिने छोरी युनिशाको हत्या गरेको आरोपमा रंगेली २ का ४६ वर्षीय सैनी र २५ वर्षीया संगीता उरावँ पक्राउ परेका हुन्। उनीहरू मृतकका नातामा फुपू-फुपाजु पर्दछन्। इलाका प्रहरी कार्यालय रंगेलीले बालिकाको हत्या आरोपमा दुवै जनालाई पक्राउ गरी सोमबार मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। २१ महिने बालिका युनिशा २६ मंसिरमा घरबाट हराएकी थिइन्। हराएको तीन दिनपछि घरदेखि करिब १ सय मिटर टाढा २ फिट गहिरो खाडलभित्र उनको शव भेटिएको थियो। खाल्डोमा कपडा पनि भेटिएको थियो। कपडा भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको थियो।प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्न आफन्त नै रहेको खुलेपछि उरावँ दम्पतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूले बालिकालाई हत्या गर्नुको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ। ‘घटनामा संलग्न देखिएकोले पक्राउ गरेर अनुसन्धान सुरू गरिएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘थप अनुसन्धानपछि कारण खुल्नेछ।’ बालिकाको कुन दिन हत्या भयो भन्ने पनि थप अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments