Incident Reports

घरायसी विवादमा श्रीमतीले चिर्पट प्रहार गर्दा श्रीमानको मृत्यु

2021-12-23

Madhes, Siraha, Dhangadhimai, Ward 14

सिराहाको धनगढीमाई नगरपालिका– १४ मड्यानमा श्रीमतीले दाउराको चिर्पटले टाउकोमा हान्दा गम्भीर घाइते भएका श्रीमानको मृत्यु भएको छ। घरायसी विवादका क्रममा गत मंगलबार अपराह्न श्रीमती ३७ वर्षीया हर्कमाया विश्वकर्माले चिर्पटले हान्दा अत्यधिक रक्तश्राव भई गम्भीर घाइते भएका करिब ४० वर्षीय टेकबहादुर विश्वकर्माको बुधबार साँझ मृत्यु भएको हो। घाइते विश्वकर्मालाई एक दिनपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। शव पोस्टमार्टमका लागि लहान ल्याइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कैलाश खत्रीले जानकारी दिए। एक छोरा, एक छोरी र श्रीमतीसहित चारजनाको परिवार गाउँमा मजदुरी गरेर बस्दै आएकाे थियाे। उनीहरूको झगडा हुनुको कारण नखुलेको प्रहरीले जनाएको छ। चिर्पट प्रहार गर्ने हर्कमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports