Incident Reports

काठमाडौंको गागल फेदीमा एक महिला मृत फेला

2021-12-27

Bagmati, Kathmandu, Kageshwori Manahora, Ward 1

काठमाडौंमा एक महिला मृत फेला परेकी छन्।

सोमबार बिहान कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ गागल फेदीस्थित सडक छेउमा एक महिला मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। मृत फेला पर्नेमा ३३ वर्षीया धनमाया लामा हुन्। लामा त्यही ठाउँकी स्थानीय हुन्। स्थानीयले बिहान उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। तालिम प्राप्त कुकुर, चिकित्सकसहितको टोली घटनास्थलमा पुगेको छ। घटनास्थलमा परिसरका एसएसपी र महाशाखाबाट एसपीको टोली खटिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ। शवको पोष्टमार्टम गर्न महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिँदैछ। उनको मृत्यु कसरी भएको हो भन्ने पोष्टमार्टमपछि खुल्ने प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports