Incident Reports

होमवर्क नजानेको भन्दै छात्रामाथि निर्घात कुटपिट

2021-12-28

Province 1, Sunsari, Itahari, Ward 2

इटहरी । इटहरीस्थित एक विद्यालयमा अध्ययनरत छात्रामाथि होमवर्क गर्न नगरेको भन्दै शिक्षकद्वारा निर्घात कुटपिट गरिएको छ । इटहरी उपमहानगरपालिका–२ मा रहेको चन्द्र मेमोरियल इङलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत १० वर्षीया सुरक्षा तामाङमाथि होमवर्क नगरेको भन्दै कम्प्युटर शिक्षक सुजन दाहालले कुटपिट गरेका हुन् । घाइते बालिकाका अनुसार शिक्षक दाहालले होमवर्क गर्न नसकेको भन्दै देब्रे हातको पाखुरामा निर्घात कुटपिट गरेका हुन् । ‘होमवर्क गर्न नसक्दा सरले बेस्सरी पिट्नुभयो,’ पीडित बालिकाले राजधानीसँग भनिन्, ‘दुख्यो भन्दा पनि पिट्न छाड्नुभएन ।’ कुटाइका कारण पीडित बालिकाको पाखुरा सुन्निएको छ भने निलडाम स्पष्ट देखिन्छ । मेडिकल जाँचका क्रममा पाखुरामा रगत जमेको पाइएको छ । चिकित्सकले केही साताका लागि औषधि दिएका छन् । यो घटना भएपछि कुटपिट गर्ने शिक्षकमाथि कारबाही हुनुपर्ने आवाज उठ्न थालेको छ । घाइते बालिकाकी आमा वीरमाया तामाङले कुट्ने शिक्षकमाथि कारबाही हुनुपर्ने माग राखेकी छन् । ‘हामीले विद्यालयमा राम्रा कुरा सिक्न पठाएका हौं, यसरी कुट्न पाइन्छ ? कुटपिट गर्ने शिक्षकमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ,’ वीरमायाले भनिन् । विद्यालयका प्रधानाध्यापक देवकुमार दाहालले शिक्षकबाट कुटपिट भएको जानकारी प्राप्त भएको भन्दै वास्तविकता बुझ्ने प्रयास भइरहेको बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments