Incident Reports

त्रिशूली अस्पताल तोडफोड

2022-01-11

Bagmati, Nuwakot, Bidur, Ward 7

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तहरुले त्रिशूलीस्थित जिल्ला अस्पताल तोडफोड गरेका छन् । सोमबार सुत्केरी भएकी विदुर–७ तुप्चेकी २७ वर्षीया सावित्री कोइराला (अर्याल) को उपचारकै क्रममा मृत्यु भएको थियो ।

सालनाल नझरेपछि चिकित्सकले उच्च डोजको औषधि प्रयोग गर्दा कोइरालाको मृत्यु भएको आफन्तहरुको आरोप छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट दीपेन्द्र पाण्डेले भने बढी रक्तस्राव हुँदा मृत्यु भएको दाबी गरे । ‘लापरबाही गरिएको होइन । जति गर्दा पनि बचाउन सकिएन । मेडिकल कम्प्लिकेसन हो,’ उनले भने । घटनापछि आफन्तले अस्पतालमा तोडफोड गरेको उनको आरोप छ । तर मृतकका बुबा रामचन्द्र कोइरालाले कुनै तोडफोड नगरेको बताए । ‘एक बाबुले यस्तो पनि हुन्छ भनेर टेबुलमा मुड्की बजारेका हुन्,’ उनले भने, ‘हामीले कुनै तोडफोड गरेका छैनौं । त्यतिकै आरोप लगाए ।’

नवजात शिशुको हाल कान्ति अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports