Incident Reports

भारतीय ई–रिक्सा चालक हत्या प्रकरणः पाँच जना पक्राउ – देशसञ्चार

2022-01-06

Madhes, Parsa, Birgunj, Ward 27

वीरगञ्ज– आपसी झगडा हुँदा फलामको रिन्चले टाउकोमा प्रहार गरेर वीरगञ्जमा एक भारतीय ई–रिक्सा चालकको हत्या भएको छ।

भारत बिहारको वैशाली घर भइ हाल वीरगञ्ज महानगररपालिका–३ छप्कैया बस्ने ४५ वर्षका मुख्तार मियाँको हत्या भएको हो। मियाँको शव गत पुस २२ गते वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा फेला परेको थियो।

अनुसन्धानको क्रममा उनको हत्या भएको र हत्यामा संलग्न रहेका पाँच जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

मियाँको हत्यामा संलग्न भएको आरोपमा बिहारको पूर्वी चम्पारण, मोतीहारी–६ घर भइ हाल वीरगञ्ज छप्कैया बस्ने ई–रिक्सा चालक सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका–५ बस्ने निकेश पटेल, बिहारको मुंगेरका घर भइ वीरगञ्ज छप्कैया बस्ने सपन मण्डल, भारत बिहार घर भइ वीरगञ्ज छप्कैया बस्ने नाजिर हुसैन र छपकैया बस्ने बाबर हुसैनलाई प्रहरीले पक्राउ गरेको हो।

हत्या गरिएका मियाँ र पक्राउ परेका मण्डल एउटै घरमा डेरा गरी बस्दै आएका थिए। प्रहरीका अनुसार उनीहरुबीच केही दिनअघि झगडा भएपछि मण्डलले मियाँको हत्या गरी फालिदिने भनि धम्की दिएका थिए। उनले सुनिललाई भेटी मियाँको हत्या गर्नको लागि ५० हजार रुपैयाँ दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सुनिलले योजना बनाइ भारत बस्ने साथी र निकेशलाई बोलाएर मियाँसमक्ष गइ गण्डकबाट डेलिभरी केस नारायणी अस्पतालसम्म ल्याउनु छ, भनी ई–रिक्सा भाडामा लिइ दुवै जना चढेर घटनास्थलसम्म पुर्‍याएर हत्या गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

सुनिल र निकेशसहित तीनजनाले फलामको रेन्चले मुख्तारलाई टाउकोमा अन्धाधुन्ध प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुलेको खनालले बताए।

हत्यामा संलग्न रहेका पाँच जनालाई पक्राउ गरिएको तथा एक जना भारतीय नागरिक फरार रहेको उनले जानकारी दिए। पाँचै जनालाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports