Incident Reports

बालक हत्या आरोपमा पाँच जना पक्राउ

2022-01-07

Madhes, Parsa, Jagarnathpur

१० माघ, पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले बालक हत्या आरोपमा पाँचजनालाई पक्राउ गरेको छ ।

गत पुस २३ गते जगरनाथपुर-६ का १२ वर्षीय मन्टुप्रसाद कुर्मीको घाँटी थिचेर मारिएको अवस्था शव फेला परेको थियो । उक्त घटना संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा जगरनाथपुर-६ का ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुप्रसाद यादव, मनमोहनप्रसाद यादव र रोहनप्रसाद यादव छन् ।

उनीहरूलाई पर्साको छिपहरमाई गाउँपलिका-६ भिष्वास्थित नेपाल-भारत सीमा नाकाबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports