Incident Reports

स्कुल जाँदै गरेका तीन बालिका खोलामा बेपत्ता l

2014-08-15

Sudurpashchim, Dadeldhura, Ganayapdhura

लगातारको वर्षाले डडेल्धुराको असिग्राम गाविसमा पर्ने रुवाखोला तरेर विद्यालय जाँदै गरेका तीन बालिका आज बेपत्ता भएका छन्। असिग्राम गाविस–८ का १५ वर्षीया मञ्जु देउवा, १५ वर्षकै आद्धिती देउवा र १६ वर्षीया भगवती देउवा खोला तर्ने क्रममा पानीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी भोजदेव खतिवडाले घटनास्थलबाट जानकारी गराए। स्थानीय असिग्राम उच्च माविमा अध्ययनरत तीनैजना बालिका बिहान विद्यालय गइरहेका थिए। घटनास्थलमा अहिले व्यापक खोजीकार्य भइरहेको छ। घटनास्थलबाट डिएसपी खतिवडाले खोलामा पानीको बहाव अत्यधिक रहेकाले खोजीकार्यमा कठिनाइ भइरहेको बताए। रासस

0 Comments

Related Reports
Related Trend Analysis