Incident Reports

पाँचथरमा युवा संघद्वारा सरकारविरुद्ध मसाल जुलुस प्रदर्शन- प्रदेश १ - कान्तिपुर समाचार

2022-01-24

पाँचथरमा प्रमुख प्रतिक्षी दल नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले सरकारले निर्वाचन सार्न कसरत गरेको भन्दै मसाल जुलुस निकालेको छ ।

सोमबार साँझ सदरमुकाम फिदिम बजारमा युवा संघका कार्यकर्ताहरूले सरकारका निर्णय र गतिविधिको विरोध गर्दै मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि, गैरजिम्मेवारी अभिव्यक्ति दिने मन्त्री रेणुकुमारी यादवमाथि कारवाही नगरेको र निर्वाचन सार्ने कसरत गरिरहेको भन्दै प्रदर्शनकारीहरूले सरकारको विरोध गरेका हुन् ।

फिदिम बजारस्थित लिम्बुवान गेटबाट सुरु भएको मसाल जुलुस गणतन्त्र चोकमा पुगेपछि प्रहरीले हस्तक्षेप गर्दै मसाल खोसेको थियो ।

प्रहरीले मसाल खोसेलगत्तै आयोजित कोणसभालाई सम्बोधन गर्दै युवा संघका पाँचथरका अध्यक्ष कमल थपलियाले सरकारको गैरजिम्मेवार क्रियाकलाप विरुद्ध आफूहरूले आन्दोलन सुरु गरेको बताएका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Secondary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people N
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments