Incident Reports

युवतीको घाँटी रेटेर हत्या गरेको आरोपमा युवक पक्राउ l

2014-08-15

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको डल्लुमा युवतीको घाँटी रेटेर हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले रमेश महर्जनलाई शुक्रबार पक्राउ गरेको हो । उनीमाथि डल्लु आवास क्षेत्रमा विहिबार विहान एक युवतीको घाँटी रेटि हत्या गरेको आरोप लागेको छ । स्थानीय टोल सुधार समितिले राखेको सिसिटिभीको फुटेजका आधारमा उनलाई पक्राउ गरिएको हो । बिहीबार बिहान अंगालोमारेर महर्जन ती युवतीसँग हिडेको प्रहरीले जनाएको छ । घाँटी रेटिएर घाइते अवस्थामा प्रहरीले ती युवतीलाई उद्धार गरी वीर अस्पताल लगेको थियो । उपचारको क्रममा ती युवतीको ज्यान गएको थियो । महानगरीय प्रहरी परीसर काठमाडौका प्रमुख उत्तम कार्कीले महर्जन पक्राउको पुष्टि गरेका छन् ।

0 Comments

Related Reports
Related Trend Analysis