Incident Reports

पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री देउवाको पुत्ला दहन

2022-01-26

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर को पुत्ला दहन गरेका छन् ।नेकपा निकट अखिल क्रान्तिकारीले बुधबार काठमाडौंको चावहिलस्थित पशुपति क्याम्पस अगाडि पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका हुन् ।सो क्रममा प्रहरीले हस्तक्षेप गरी विद्यार्थीलाई तित्तरवित्तर पारेको थियो । प्रदर्शनका क्रममा विद्यार्थीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको असर जनताको दैनिक जीवन–यापनमा परेको भन्दै तत्काल फिर्ता लिनुपर्ने बताएका थिए ।उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएसम्म निरन्तर आन्दोलन गर्ने चेतावनी दिए । नेपाल आयल निगमले गत बुधबार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेल पनि ३ रुपैयाँले बृद्धि गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments