Incident Reports

मूल्यवृद्धिको विरोधमा सुर्खेतको आयल निगम कार्यालय घेराउ

2022-01-27

Karnali, Surkhet, Birendranagar

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सुर्खेतका विद्यार्थीले नेपाल आयल निगम सुर्खेतको प्रादेशिक कार्यालय घेराउ गरेका छन्।

नेकपा एमालेनिकट अनेरास्ववियूका विद्यार्थी बिहीबार मूल्यवृद्धिको विरोधमा कार्यालय घेराउ गरेका हुन्। साथै विद्यार्थीले कार्यालयमा केही समय धर्नासमेत दिएका थिए।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै कार्यालय घेराउ गरेका विद्यार्थीले चरणबद आन्दोलन गर्ने चेतावनी दिएका छन्।

नेपाल आयल निगमले माघ ५ गते बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा पनि ३ रुपैयाँ मूल्य बढाएको थियो। यसले अन्य दैनिक उपभोग्य वस्तुहरुको समेत मूल्यवृद्धि भएको भन्दै त्यसको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments