Incident Reports

मूल्यवृद्धिको विरोध गर्दै बुटवलमा राँके जुलुस

2022-01-28

Lumbini, Rupandehi, Butwal

बुटवल — मूल्यवृद्धिको विरोध गर्दै एमाले निकट युवा संघले बुटवल शुक्रबार साँझ राँके जुलुस निकालेको छ । 'पेट्रोलियम पदार्थलगायत खाद्यान्नमा भएको मूल्यवृद्धि नियन्त्रण गर', 'सुशासन कायम गर, भ्रष्टाचार अन्त्य गर' लगायतका नारा लगाउँदै युवाहरुले जुलुस निकालेका हुन् ।

पूर्व-पश्चिम राजमार्गको बसपार्कबाट जुलुस निस्केको थियो । जुलुस मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै उनीहरुले प्रदेशदेखि संघसम्मको सरकारले युवा र सर्वसाधारण नागरिकको हितमा काम गर्न नसकेको बताए ।

कोणसभालाई युवा संघ रुपन्देही इन्चार्ज केशव रोका, अध्यक्ष मनोज गौचन, सहइन्चार्ज विकास बस्नेत, सचिव कृष्णबहादुर कुमाललगायतले सम्बोधन गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Secondary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people N
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments