Incident Reports

मन्त्री रेणुकुमारी यादवको राजीनामा माग्दै प्रदर्शन

2022-01-29

Madhes, Siraha, Golbazar

एमालेनिकट राष्ट्रिय युवा संघ सिराहाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको राजीनामा माग्दै शनिबार गोलबजारमा प्रदर्शन गरेको छ । स्थानीय एबी मलनजिकै भेला भएका युवा संघका नेता कार्यकर्ताले अराजक मन्त्री रेणु यादव राजीनामा दे, पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि खारेज गर, किसानलाई मल खाद दे, लिपुलेक कालापानी लिम्पियाधुरा हाम्रो हो लगायतका नारा लगाएका थिए ।

जुलुस प्रदर्शनपछि आयोजित कोणसभामा युवा संघका मधेस प्रदेश इन्चार्ज वैद्यनाथ साह, जिल्ला अध्यक्ष इन्द्रेस राउतलगायतले आफूहरूको माग एक साताभित्र सम्बोधन नभए सशक्त सडक आन्दोलन गरिने चेतावनी दिए । कोणसभापछि मन्त्री यादवको पुतला दहन गरेर प्रदर्शनकारी हिँडेपछि पुगेको प्रहरीले आगो निभाएको थियो ।

गत ५ माघमा रौतहटको गौरमा आयोजित बलिदानी दिवसमा सहभागी हुन पुगेकी मन्त्री यादवलाई सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले अवरोध गरेपछि गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ । ७ चैत ०६३ मा गौरमा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments