Incident Reports

रोकिराखेको बसमा आगजनी

2022-01-29

Madhes, Bara, Kolhabi, Ward 6

बाराको कोल्हवी नगरपालिका–६ कुमरगढी गाउँमा पार्किङ गरी राखिएको यात्रुवाहक बसमा शनिबार मध्यराति आगजनी गरिएको छ । ना ७ ख ३५३५ नम्बरको बसमा आगजनी गरिएको हो । सोही ठाउँका बासिन्दा शिक्षक तेजप्रकाश चौधरीको बसमा अज्ञात समूहले आगजनी गरेको स्थानीय बासिन्दाहरूले बताएका छन् ।

शिक्षक चौधरीले बस खरिद गरी ग्रामीण भेगबाट वीरगन्जसम्म सञ्चालन गर्दै सर्वसाधारणलाई सुविधा दिँदैआएका थिए । कसले र किन आगजनी गरेको आफूलाई थाहा नभएको शिक्षक चौधरीले बताए ।

छठीघाटमा पार्किङ गरी राखिएको बस केही पर गुडाएर सिसाहरू फुटाल्दै पेट्रोल छर्केर आगजनी गरिएको स्थानीय एक शिक्षक श्रीराम साहले बताए ।

बसको सबै भाग पूर्ण रुपले जलेको बताइएको छ । जिल्ला प्रहरीका प्रहरी प्रवक्ता राजेश थापाका अनुसार घटना कसले र किन गरेको भन्ने खुल्न सकेको छैन । आगजनी गर्ने व्यक्तिको खोजी गरेको प्रहरीले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports