Incident Reports

निर्वाचनको मिति घोषणाको माग गर्दै युवा संघको प्रदर्शन

2022-01-30

Madhes, Rautahat, Garuda

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै रौतहटको मध्यभाग गरुडा बजारमा प्रदर्शन गरेको छ । युवा संघको जिल्ला कमिटीको आयोजनामा गरुडामा सयौँ युवाहरूले नाराबाजी गर्दै दबाबमूलक र्‍यालीको सहितको प्रदर्शन गरेको हो ।

संघका जिल्ला अध्यक्ष बालशंकर कुश्वाहाको नेतृत्वमा ​गरुडास्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सुरु भएको र्‍याली चिनी मिल हुँदै बजारको परिक्रमा गर्दै गरुडा नगरपालिका नजिकै कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै एमाले जिल्ला कमिटी सदस्य निवेश यादवले दलाल गठबन्धनको सरकारले स्थानीय निर्वाचन सार्ने षड्यन्त्र गरिरहेकोले त्यसको प्रतिकारमा उत्रिन आग्रह गरेका थिए । विगतमा २० वर्षसम्म स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाएर लोकतन्त्रको मजाक उडाउने कलङ्क बोकेको देउवा सरकारले पुनः कलङ्क दोहोर्‍याउन उद्धत रहेको उनको भनाई थियो ।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments