Incident Reports

सामूहिक बलात्कारको घटना सार्वजनिक l

2014-08-16

Madhes, Dhanusha, Chhireshwornath

Binod Kumar Rabidas १४ वर्षीया एक बालिकालाई साउन ३१ गते राती तीन जनाको एक समूहले सामूहिक बलात्कार गरेको छ । मोटरसाइकमा आएका दुई जना युवाले मुख बाँधी मोटरसाइकलमा चढाएर अपहरण शैलीमा तारापट्टि-८ स्थित ब्यारेक पुलको नजिक पर्ने आँपको बगैँचामा पुर्‍याई त्यहाँ रहेका थप एक जनासहित तीन जनाको एक समूहले बलात्कार गरेको पीडित पक्षले बतायो । पीडित बालिकाको जनकपुर अञ्चल अस्पतालमा भदौ १ गते स्वास्थ्य उपचार तथा परीक्षण गरिएको अस्पताल श्रोतले जानकारी दियो । इलाका प्रहरी कार्यालयका तारापट्टकिा सई विश्वनाथ यादवको गस्ती टोलीले आरोपितमध्ये एक जनालाई घटनास्थलबाटै प्रहरीले गिरफ्तार गरेको थियो । दुई जना फरार भएको इन्सपेक्टर रेग्मीले जानकारी दिए । रम्दैया भवाडी-९ का २५ वर्षीय श्रवणकुमार राउत कुर्मीले पीडित बालिकालाई मोटरसाइकलमा चढाई घर पुर्‍याउन बहाना गरिरहेको बेला प्रहरीको सोधपुछको क्रममा आरोपित श्रवण प्रहरीको फन्दामा परेका हुन् । रम्दैया भवाडी-८ का मजीवुल मन्सुर र मन्जुर मन्सुर फरार रहेकोले उनीहरूको खोजी कार्य जारी रहेको इन्सपेक्टर रेग्मीले बताए । सो क्षेत्रमा विगत केही वर्षेदेखि बलात्कार जस्ता आपराधिक गतिविधि धेरै हुने गरेपनि आरोपितहरू उम्कने गरेकोले यसपटक घटनास्थलमा आरोपित गिरफ्तार भएकोले कानुनी कठघेरामा ल्याउने इन्सपेक्टर रेग्मीले बताए । जाहेरीको प्रक्रिया पूरा गरी भदौ २ गते जाहेरी दिने पीडितपक्षले बतायो । बिनोदकुमार रविदास

0 Comments

Related Reports
Related Trend Analysis