Incident Reports

भतिजोलाई छोरा भनेपछि ढुंगाले हानेर हत्या

2022-02-06

Bagmati, Sindhupalchok, Balefi, Ward 7

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–७ माथील्लो चिम्लीङ निवासी ३८ वर्षका विजय तामाङ र सोही गाउँका वर्ष ५९ का सन्तविर तामाङ नाताले काका भतिजा हुन् । तर सन्तविरले सधै उनलाई ‘छोरा’ भनेर बोलाउने गर्दथे । आइतबार दिउँसो देखि नै उनीहरु दुवै सँगै थिए ।

दिउँसोबाटै दुवैले मदिरा सेवन गरेर बसेका थिए । सँगै बस्दा पनि ‘तँ मेरो भतिज होइन छोरा नै हो ।’ भनेपछि दुवै बिच विवाद भएर झगडा सुरु भएको थियो । झगडा यति उग्र भयो कि विजयले काका सन्तविरलाई ढुंगाले अनुहारमा एकाएक प्रहार गरे । ढुंगाले हान्दा मात्रै उनको रिस साम्य भएको थिएन,उनले नजिकै रहेको बाँसको भाटाले समेत काका सन्तविरलाई हिर्काए । विजयको कुटाईबाट सन्तविरको घटनास्थलमा नै मृत्यु भएको थियो । आफ्नो भाईलाई कुटपिट गरेको देखेपछि छुट्याउन गएकी ७० वर्षीया बसुमाया तामाङलाई समेत विजयले ढुंगा र बाँसले हानेर घटनास्थलमा नै हत्या गरेका थिए ।

ढुंगा र बाँसको प्रहारबाट दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । हत्यापछि विजय फरार भएका थिए । तर प्रहरीको तैनाथी र स्थानीयले समेत घेराबन्दी गरेपछि नजिकै रहेको कुलबाँध सामुदायिक वनमा लुकेर बसेको अवस्थामा आइतबार राती नै पक्राउ गरिएको डीएसपी बस्नेतले जानकारी दिए । ‘हामीले उनलाई पक्राउ गर्न सफल भएका छौ,उनले आफन्तहरुलाई फोन गरेर भाग्ने योजना बनाएका रहेछन्,तर स्थानीयको समेत सहयोग भएपछि तत्कालै पक्राउ गर्न सफल भयौ ।’ बस्नेतले भने ।

अभियुक्त तामाङ यस अघि पनि यस्ता क्रियाकलपमा संलग्न हुँदै आएका थिए । २०६५ सालमा स्थानीय शम्भु तामाङलाई खुकुरी प्रहार गरेको आरोपमा उनको विरुद्ध इलाका प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 2
National/Online Media

0 Comments

Related Reports