Incident Reports

No translation available.

2014-08-16

Shekhar Dhakal पश्चिम कुशाहा गाविस - २ का ५२ वर्षीय भागवत यादवलाई साउन ३१ गते बिहान जग्गाको विषयमा मुद्दा हालेको भन्दै विपक्षीतर्फा गाउँलेले कुटेर हत्या गरेका छन् । पार्वतीदेवी यादव र उनका छोरा रमेशविरुद्ध मुद्दा हालेको भन्दै पार्वती पक्षका गाउँलेले कुटपिट गर्दा भागवतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । चिर्पट र लाठीले जथाभावी प्रहार गरेपछि गम्भीर घाइते भएका भागवतको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । गाउँलेको कुटाइबाट भागवतका भाइ हिरालालको टाउको फुटेको छ । उनको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा पश्चिमकुशाहा गाविस-२ का २२ वर्षीय विकास यादव, ३५ वर्षीया मीनादेवी यादव, ३५ वर्षीया भुटनीदेवी यादव, १८ वर्षीय पप्पु यादव, १७ वर्षीय प्रकाश यादव, र पार्वती यादवलाई प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी सुदीप राजभण्डारीले बताए । भागवतले अदालतमा मुद्दा दर्ता गरेपछि ०७० साउन ३० गते आरोपितहरु अदालतमा बकपत्र गरेर फर्किएका थिए । शेखर ढकाल

0 Comments

Related Reports
Related Trend Analysis