Incident Reports

बलात्कारपछि बालिकाको हत्या गरिएको आशङ्का l

2014-08-16

Bhojraj Timalsina उग्रतारा जनागाल गाविस-७ जनागालकी ७ वर्षीया बालिकालाई १८ वर्षीय बालकले ०७१ साउन ३० गते साँझ बलात्कारपछि हत्या गरेर खोल्सामा फ्याँकेको अवस्थामा पीडितको लास साउन ३१ प्रहरीले लास बरामद गरेको छ । घरमा खेलिरहेकी बालिकालाई बलात्कारपछि हत्या गरी खोल्सामा फ्याँकेको कुरा आरोपितले प्रहरी समक्ष स्वीकारेका छन् । मृतकको लासलाई पोष्र्टमार्टमका लागि शिक्षण अस्पताल काठमाडौं पठाइएको छ । प्रहरीले हत्याअघि बालिकालाई सामूहिक बलात्कार गरिएको हुनसक्ने आशङ्का गरेको छ । भोजराज तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis