Incident Reports

धामी झाँक्रीको भरपर्दा गर्भवती महिलाको मृत्यु l

2014-08-16

Karnali, Mugu, Khatyad

Jivan Sejuwal जिल्लाको पश्चिम खत्याड भेकस्थित सुकाढिक गाविस- २ की ३३ वर्षीया उर्मिला खत्रीको सुत्केरी व्यथा लागेका बेला झाँक्रीको भर पर्दा साउन ३१ गते बिहान मृत्यु भएको छ । राती सुत्केरी व्यथा लागे पनि घर परिवारले स्वास्थ्य चौकी र स्वास्थ्यकर्मी कहाँ नलगी झारफुकमा भरपर्दा अत्यधिक रक्तश्राव भइ मृत्यु भएको हो । स्थानीयवासी देवेन्द्रराज कार्कीले दिएको जानकारीअनुसार सुत्केरी व्यथाले च्यापेसँगै अत्यधिक रक्तश्राव भएको र परिवारले घरमा नै धामी झाँक्रिबाट झार फुक गर्दा गर्दै शनिवार बिहान उनको मृत्यु भएको थियो । स्वास्थ्य चौकी पुग्न तीन घण्टा लाग्ने भए पनि परिवारले स्वास्थ्य चौकीमा नलगी घरमा नै सुत्केरी गराउन खोजेको स्थानीयवासीले बताएका छन् । गएको वैशाख यता उपचार अभावमा तीन जना गर्भवती महिलाको मृत्यु भएको छ । जिल्ला भरमा १० ओटा प्रसुति केन्द्र भए पनि तिनमा न त स्वास्थ्यकर्मी नै बस्छन् न त प्रसुति सेवा बारे जनचेतना चलाइएको छ । जीवन सेजुवाल

0 Comments

Related Reports
Related Trend Analysis