Incident Reports

कैदी बन्दीहरू बरन्डा र भर्‍याङ मुनि सुत्छन् l

2014-08-16

Pratap Bishta क्षमता भन्दा दोब्बर बन्दीहरू भएका कारण क्षेत्रीय कारगार भीमफेदीका कैदी बन्दीहरू बरन्डा र भर्‍याङमुनि सुत्ने गरेका छन् । सुत्नको निम्ति ठाउँको अभाव भएकाले बन्दीहरू बरन्डा र भर्‍याङमुनि ओछ्यान लगाएर सुत्ने गरेका हुन् । क्षेत्रीय कारागार भीमफेदीको महिला वार्डमा पुरुषहरू राखिएको छ । २ सय ५० जनाको क्षमता भएको उक्त कारागारमा साढे ५ सय कैदी बन्दीहरू छन् । बुढेसकालमा जेलमा परियो, तर सुत्न पनि राम्रोसँग पाइएन' ७० वर्षीय गोवर्धन र्राईले भने,' क्षमता भन्दा बढी बन्दीहरू राखेकाले सुत्न पनि समस्या भएको हो ।' क्षमता भन्दा दोब्बर वन्दीहरू राखेकाले सुत्ने ठाउँमात्र होइन, खानेपानी र शौचालयको पनि समस्या छ । घरको छानाबाट झरेको बलेसीको पानी खाल्टोमा सङ्कलन गरेर बन्दीहरूले नुहाउने र लुगा धुने गर्छन् । पानीको स्थायी स्रोतका निम्ति कारागार प्रशासनले विभागसँग विगत दुई वर्षेदेखि बजेटको माग गर्दै आएको तर हालसम्म पनि सुनुवाइ गरेको छैन । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis