Incident Reports

कुटपिट गरी मार्ने धम्की दिने पतिविरुद्ध उजुरी l

2014-08-17

Province 1, Khotang, Lamidanda

हौचुर गाविस-१ पैयाटोलकी ४५ वर्षीया पेमदेकु शेर्पाले कुटपिट गरी मार्ने धम्की दिने पति ६० वर्षीय निमदोर्जी शेर्पालाई कारवाहीको माग गर्दै भदौ १ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएकी छन् । यसअघि पतिले बारम्बार कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिँदै आएकोमा पछिल्लो समय साउन २५ गते नाबालक छोरासहित बसिरहेको अवस्थामा कुटपिट गर्दै तत्काल घर नछाडे मार्ने धम्की दिएको पीडितले बताइन् । पतिले आफूलाई लात्ति, मुड्कीलगायतले कुटपिट गरी शरीरको विभिन्न भागमा चोटपटक लागेको पीडितले बताइन् । पीडितले दिएको उजुरी अनुसार उनको भदौ १ गतेनै दिक्तेलस्थित जिल्ला अस्पतालमा घाउजाँच केशफारम गरिएको छ । पत्नीलाई कुटपिट गरी मार्ने धम्की दिने पतिलाई कारबाही गरिने र त्यसका लागि जालपा प्रहरी चौकीलाई पत्राचार गरिसकिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका मुद्दा शाखाका सई यादव गौतमले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis