Incident Reports

बञ्चरो प्रहारबाट पत्निको हत्या गरी पतिद्वारा आत्महत्या l

2014-08-17

Sudurpashchim, Kailali, Dhangadhi

Sur Bahadur Pariyar धनगढी नपा-१ शान्ति टोलकी ३५ वर्षीया रति चौधरीको टाउकोमा बन्चरो प्रहारबाट हत्या गरी उनका पति ३८ वर्षीय राकेश चौधरी झुन्डिएको अवस्थामा भदौ ३ गते फेला परेका छन् । घरको मुल ढोका बन्द गरेको अवस्थामा भदौ ३ गते बिहान छिमेकीले झ्यालबाट हेर्दा चौधरी दम्पतिको लास फेला परेको जिल्ला प्रहरी कार्यालय,कैलालीका एसपी मोहनराज जोशीले जानकारी दिए । घटनाको प्रकृती हेर्दा पत्नि रतिलाई पति राकेशले चौधरीले बन्चरो प्रहार गरी भदौ १ गते हत्या गरे त्यस पछि राकेशले आत्म हत्या गरेको देखिएको एसपी जोशीले जानकारी दिए । घटना शंकास्पद भएकोले थप अनुसन्धान भइरहेको प्रहरीले जनायो । मृतक दुवै जनाको लासको पोष्र्टमाट्म सेती अञ्चल अस्पताल धनगढीमा भदौ ३ गते भएको छ । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis